लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सिंगो घर धमाधम गाडीमा राखेर स्थानान्तरण, यस्तो छ बाध्यता (फोटो फिचर)

मंगलबार, १२ मंसिर, २०७४ मा प्रकाशित,

स्वीडेन, मंसिर १२ । स्वीडेनको किरुना सहरमा अहिले ठूला गाडीमा सिंगो घर राखेर स्थानान्तरण गरिदैं गरेका दृष्य देख्न सकिन्छ ।

विज्ञहरुको मद्दतमा सिंगो घरलाई सुरक्षित रुपमा निकालेर गाडीमा राख्दै मानिसहरु धमाधम अन्यत्र लगिरहेका पाइन्छन् ।

फलाम खानीका कारण किरुना सहरबाट बसोबास हटाउन थालिएको हो । सरकारले उक्त सहरको कतिपय क्षेत्रलाई बसोबासका लागि अयोग्य ठहर गरेको छ । फलाम खानीका कारण जमिनमुनी ठूला सुरुङ खनिएकाले कुनै पनि बेला जमिन भासिएर ठूलो क्षति हुन सक्ने भन्दै सरकारले त्यहाँका बासिन्दालाई स्थानान्तरण गर्न भनेको हो ।

उक्त सहर नजिकै ‘न्यू किरुना सिटी’ नामले नयाँ सहर बसाइँदैछ ।

देशकै सबैभन्दा ठूलो फलाम खानीमा विगत ४ दशकदेखि फलाम निकालिदैं छ । अझै त्यहाँ फलामको ठूलो भण्डार रहेको बताइन्छ । सरकारले त्यहाँका बासिन्दालाई मुआब्जा दिएर स्थानान्तरण गराइरहेको हो । तर सरकारले त्यहाँ रहेका कुनै पनि घर नभत्काइने जनाएको छ । यद्यपि जमिनमुनीका सुरुङका कारण घरहरु बस्न योग्न नरहेको र पछि ती घर आफैं भत्किने सरकारको भनाइ छ ।

खासगरी काठले बनेका घरहरु मानिसले सिंगै सार्न थालेका हुन् । घरको संरचना नबिगारी उखेलेर ठूला गाडीमा राख्दै लगिएका दृष्यलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले प्रशारण गरेका छन् । (एजेन्सी)

थप तस्वीरका लागि तल हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework