लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

जलविद्युत्को विपद् व्यवस्थापनका लागि चारदिने अध्ययन

सोमबार, २७ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २७ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (आइपान)ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन र इन्टरनेसनल सेन्टर फर हाइड्रोपावरको सहकार्यमा चारदिने जलविद्युत् विपद् व्यवस्थापन गोष्ठी आयोजना गरेको छ ।

आइपानले सोमबारदेखि सुरु गरेको गोष्ठी आगामी बिहीबारसम्म चल्ने जनाएको छ ।

कार्यक्रममा विपद् न्यूनीकरण, पर्यावरण परिवर्तन र जलविद्युत् परियोजनाको अध्ययन गरिने आइपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले जानकारी दिए ।

गोष्ठीमा जलविद्युत् परियोजनाको विपद् व्यवस्थापनको तयारी र बिमासम्बन्धी अध्ययन गरिने जनाइएको छ ।

कार्यक्रमको लक्षित वर्ग भने उच्चपदस्थका जलविद्युत् उत्पादक, प्रोजेक्ट मेनेजर, जलविद्युत् परामर्शदाता, डिजाइनर, बैंकर एवं बिमा कम्पनी रहेको अध्यक्ष गुरागाइँले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework