लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा ३० बालबालिकाको मृत्यु’

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित,

गोरखपुर, साउन २८ । भारतको गोरखपुस्थित सरकारी स्वामित्वमा रहेको बाबा राघव दास (बीआरडी) मेडिकल कलेजमा अक्सिजन आपुर्ति बन्द हुँदा कम्तिमा ३० बालबालिकाको मृत्यु भएको छ ।

गोरखपुर जिल्ला मेजिस्ट्रेट राजीव रौतेलाले २४ घण्टामा मेडिकल कलेजभित्र कम्तिमा ३० बालबालिका मारिएको 'बीबीसी'लाई बताएका छन् ।

मृत्यु हुने बालबालिकामध्ये 'एनएनयू वार्ड'मा १३ जना र ‘इन्सेफ्लाइटिस वार्ड'मा १७ जना रहेको बताइएको छ । साथै, इन्सेफ्लाइटिसका विरामी उपचार गर्नेे वार्डमा अन्य विरामीको समेत मृत्यु भएको उल्लेख छ ।

अस्पतालले अक्सिजन फर्मलाई करिव ६९ लाख भारु बक्र्यौता रकम तिर्न नसकेपछि शुक्रबार नै अक्सिजन आपुर्ति बन्द गरिदिएकोले यस्तो घटना घटेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तर, अस्पतालले भने अक्सिजनको कमीले बालबालिकाको मृत्यु भएको भन्ने समाचार भ्रामक भएको भन्दै बचाउ गरेको छ । उक्त घटनापश्चात स्वास्थ्यमन्त्री सिद्धार्थनाथ सिंह लगायत अन्य उच्च अधिकारी गोरखपुर पुगेका छन् ।

 

स्वास्थ्यमन्त्री सिंहले अस्पतालको बाल चिकित्सा विभागको रिर्पोटअनुसार गत अगस्त ७ देखि शनिबारसम्म ६० जना बालबालिकाको मृत्यु भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले यस घटनाको प्रत्यक्ष निगरानि गर्ने बताएका छन् ।

 

उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमार्फत उक्त घटनाको अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् । उनले भनेका छन्, ‘यस घटनाको छानविन गरेर दोषिलाई कारबाही गरिनेछ ।’

त्यस्तै, उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले दोषिलाई कठोर कारबाही गरिने बताएका छन् ।

भारतमा अहिले गोरखपुर घटनालाई लिएर विपक्षिहरुले उत्तर प्रदेश मुख्यमन्त्री आदित्यनाथको चरम लापरबाहीले दुखद घटना घटेको भन्दै उनको चर्को आलोचना गरिरहेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework