लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘आइएस’ को निशानामा ताजमहल !

शनिबार, ५ चैत, २०७३ मा प्रकाशित, 21039 पटक हेरिएको

नयाँ दिल्ली, चैत ५ । भारतको आगरास्थित मुगलकालिन स्मारक ‘ताजमहल’ आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा बढाइएको छ ।

हालै केही संचारमाध्यमले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले ताजमहलमा आक्रमण गर्ने योजना बनाएको समाचार प्रकाशमा ल्याएका थिए ।

भारतीय सुरक्षा स्रोतका अनुसार इन्टरनेटमा एउटा लिंक व्यापक शेयर भइरहेको थियो जसमा आइएसले ताजमहलमा हमलाको योजना बनाएको उल्लेख थियो । सुरक्षा निकायले उक्त समाचारको सत्यता बारेमा अनुसन्धान सुरु गरेको र ताजमहल आसपास सुरक्षा कडा तुल्याइएको जनाएको छ ।

उल्लेखनीय छ, एउटा वेबसाइटमा प्रकाशित ग्राफिक्समा ताजमहल नजिकै उभिएको सशस्त्र लडाकुलाई देखाइएको थियो । आइएसको समर्थन गर्दै आएको एक मिडिया ग्रुपले ताजमहललाई आइएसको सम्भावित हमलाको निशानाका रुपमा देखाइएको बताइन्छ ।

केही दिनअघि भारतको उत्तर प्रदेशमा सुरक्षाकर्मीले गरेको कारवाहीमा आइएससँग आवद्ध संदिग्ध मारिएको घटनाले पनि भारतमा आइएसको गतिविधि विस्तार हुँदै गएको अनुमान गर्न सकिन्छ । सो कारवाहीमा भारतीय सुरक्षाकर्मीले ६ संदिग्धलाई नियन्त्रणमा समेत लिएका छन् । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.