लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

योगी आदित्यनाथ बने उत्तर प्रदेशका मुख्यमन्त्री, आज सपथ

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 5316 पटक हेरिएको

लखनउ, चैत ६ । भारत उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथ चयन भएका छन् ।

भारतीय जनता पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले आदित्यनाथलाई मुख्य मन्त्री चयन गरेको हो । उनले आइतबार लखनउमा उत्तर प्रदेशका राज्यपालबाट सपथ लिने कार्यक्रम छ ।

योगीको सपथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाहलगायत सहभागी हुने बताइएको छ । ४४ वर्षीय योगी गोरखपुर क्षेत्रबाट लोकसभा सदस्य निर्वाचित भएका हुन् ।

भारतीय जनता पार्टीले दिनेश शर्मा र केशवप्रसाद मौर्यलाई भने उप–मुख्यमन्त्रीमा छनोट गरेको छ ।

हालै सम्पन्न प्रदेश सभा निर्वाचनमा बीजेपी गठबन्धन उत्तर प्रदेशका ४ सय ३ सिटमध्ये ३ सय २५ सिटमा विजयी भएको थियो । विवादित अभिव्यक्तिका कारण पटकपटक चर्चामा आइरहने योगी आदित्यनाथ उत्तर प्रदेश विधानसभा चुनावका बेला सबैभन्दा बढी र्‍याली गर्ने नेतामध्येमा पर्छन् ।

गोरखपुरबाट सन् १९९८ मा पहिलो पटक सांसद बनेका उनी भारतीय संसद्मा सबैभन्दा कम उमेर २६ वर्षमा सांसद बनेर रेकर्ड राखेका थिए । उनी गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिरका मुख्य महन्तसमेत हुन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework