लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आतंकवादीको निशानामा !

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित,

नयाँ दिल्ली, वैशाख ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आतंकवादीको निशानामा रहेको भारतीय गुप्तचर एजेन्सीहरुले जनाएका छन् ।

करिब एक दर्जनको संख्यामा आतंकवादीहरु उत्तर प्रदेश प्रवेश गरिसकेको सूचना प्राप्त भएको पनि गुप्तचरहरुको भनाइ छ । गुप्तचर विभागसहितका निकायले पाएको जानकारी लखनउ प्रहरी मुख्यालयमा पठाइसकिएको पनि भारतीय संचारमाध्यमहरुले गुप्तचर स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।

लन्डनमा रहेका केही कश्मिरी आतंकवादीले यस्तो षड्यन्त्र रचेको बताइएको छ । उनीहरुले कश्मिरकै युवालाई उत्तर प्रदेशमा परिचालन गरेको पनि भारतीय संचारमाध्यमले गुप्तचर निकायलाई उद्धृत गर्दै जनाएका छन् ।

उल्लेखनीय छ, मोदीले २१ जुनमा लखनउमा आयोजना हुने योग सम्बन्धी एक कार्यक्रममा सहभागिता जनाउने सम्भावना छ । सोही समय उत्तर प्रदेशमा पठाइएका आतंकवादीलाई हमलाको निर्देशन भएको हुन सक्ने सुरक्षा स्रोतको ठहर छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework