लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

बच्चा चोर्न आएका भन्दै स्थानीयद्वारा ६ जनाको हत्या

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 30563 पटक हेरिएको

राँची, जेठ ५ । भारतको झारखण्डमा बच्चा चोरको आरोपमा ६ जनाको हत्या भएको छ ।

गाउँबाट बच्चा चोर्न लागेको हल्लाका आधारमा गाउँलेहरुले ६ जनालाई कुटपिट गरी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

झारखण्डको दुई गाउँमा नौलो अपरिचित व्यक्तिलाई बच्चा चोर भएको आरोपमा गाउँलेले कुटपिट गरेर हत्या गरेका हुन् । ४ दिन पहिले पनि यस्तै हल्लाका आधारमा दुई जनाको हत्या भएको थियो ।

झारखण्डको प्रहरीले भने कुनै पनि गाउँबाट बच्चा हराएको उजुरी नपरेको र हल्लाका आधारमा गाउँलेहरुले मानिसको हत्या गरिरहेको जनाएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको र सुरक्षाका लागि ती गाउँमा थप प्रहरी टोली परिचालन गरिएको स्थानीय प्रहरीले जनाएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework