लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

बियरमा पिसाब मिसाइएको हुन्छ ! (भिडियो हेर्नोस्)

शनिबार, २३ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशाख २३ । मानिसले पिउने बियरमा मानवमूत्र मिसाइने गरेको तथ्य सार्वजनिक भएको छ ।

डेनमार्कको बियर कम्पनी डेनिस लिक्वेरले आफ्नो उत्पादन ‘पिसनेर’ नामक बियरमा जौबाट बनेको पदार्थसँग मानवमूत्र निषेचित (फर्टिलाइज्ड) गरिएको बताएको हो ।

कम्पनीले बियर उत्पादनका लागि सन् २०१५ मै ‘रसकिल्डे संगीत उत्सव’ (कन्र्सट)को आयोजना गरी ५० हजार लिटर ताजा मानवमूत्र संकलन गरेको ‘रोयर्टस’ समाचार संस्थालाई बताएको छ ।

त्यसबाट ६० हजार बोतल बियर उत्पादन गरिएको जनाइएको छ ।

उक्त बियर उत्पादनका लागि डेनमार्कको कृषि तथा खाद्य परिषदले मान्यता दिएको छ । परिषदले यस विधिलाई बियर ‘रिसाइकिलिङ’ नाम दिएको छ ।

कम्पनीका म्यानेजर हेनरिक भांगले सुरुमा यस विधिबाट बियर उत्पादनप्रति आलोचना गर्नेहरु धेरै भएको बताए ।

उनले भने–‘अहिले मानिसहरुमा त्यस्तो धारणा छैन, हामीले कसरी मानवमूत्रलाई पुनः प्रयोग गर्छौं भन्ने जानकारी गराएपछि मानिसहरुले सकरात्मकरुपमा लिए ।’

‘अहिले विश्वमा थुप्रै बियर कम्पनीहरुले मानवमूत्र जौबाट बनेको पदार्थमा निषेचित गरी उत्पादन गरिरहेका’ जनाइएको छ ।

तर, मानिसहरुले गर्ने नकरात्मक टिप्पणी तथा आलोचनाका कारण यस विधिलाई उनीहरुले गोप्य राख्ने गरेको कम्पनीले उल्लेख गरेको छ ।

भिडियो हेर्नोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 

धेरै पढिएका...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework