लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

कुन देशका शिशुहरु बढी रुन्चे ?

मंगलबार, २९ चैत, २०७३ मा प्रकाशित, 19952 पटक हेरिएको

काठमाडौं, चैत २९ । जन्मनेबित्तिकै जुनसुकै देशका नवजात शिशुहरु रुन्छन् । तर, जन्मेको तीन महिना अवधिसम्म कुन देशका शिशुहरु धेरै रुन्छन् ? तपाँइलाई थाहा नहुनसक्छ ।

बेलायतको वारविक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै एउटा अचम्मको अध्ययनपत्र सार्वजनिक गरेका छन् । जसमा सबैभन्दा धेरै र कम कुन देशका शिशुहरु रुन्छन् ? भन्ने समावेश गरिएको छ ।

अनुसन्धानकर्ताहरुले आफ्नो अध्ययनको मुख्य उद्देश्य कुन देशका शिशुहरु धेरै र कम रुन्छन् ? भन्ने रहेको बताएका छन् ।

विश्वविद्यालयका मनोवैज्ञानिकहरु संलग्न भएको उक्त अध्ययन तीन महिनासम्म चलेको थियो । उनीहरुले स्वस्थ्य शिशुहरु तीन महिनाको अवधिसम्म कति रुन्छन् ? भनेर अध्ययन गरेका हुन् ।

अध्ययनले अरु देशको तुलनामा सबैभन्दा धेरै क्रमश बेलायत, क्यानडा र इटालीका शिशुहरुका रुने गरेको अनौठो तथ्य सार्वजनिक गरेको छ ।

अध्ययनमा ती देशका शिशु जन्मेको ६ हप्ताको उमेरमा औसत दैनिक २ घन्टा १५ मिनेट रुने र योक्रम १२ हप्तासम्म पुग्दा घटेर दैनिक १ घन्टा १० मिनेटमा झरेको उल्लेख छ ।

त्यस्तै, अरु देशहरुको तुलनामा सबैभन्दा कम डेनमार्क, जर्मनी र जापानका शिशुहरु रुने गर्दछन् ।

अध्ययनमा भनिएको छ–‘सबैभन्दा धेरै रुने नवजात शिशुहरु भएको देशहरुमा उनीहरुको बाबु–आमाले आफ्ना नवजात शिशुहरुलाई प्रशस्त समय नदिएको र सबैभन्दा कम रुने शिशुहरु भएको देशहरुमा बाबु–आमाले प्रशस्त समय दिएको भेटियो ।’

वारविक विश्वविद्यालयका मनोविज्ञान विभाग प्रमुख प्रा. डायटर वोल्कले सम्पूर्ण देशका पहिलो युनिभर्सल चार्ट बनाएका छन्, जसमा जन्मेको तीन महिनासम्म शिशुहरु कति समय रुन्छन् ? भनेर रेकर्ड गरिएको छ ।

प्रा.वोल्ककाअनुसार यस अध्ययनमा ८ हजार ७०० नवजात शिशुहरुको आवाज रेकर्ड गरिएको थियो । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.