लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

६ देशका ३१ भूउपग्रहसहित भारतीय रकेट अन्तरिक्षमा प्रक्षेपण

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २८ । भारतले ३१ ओटा भूउपग्रह बोकेको रकेट पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रबार ३१ ओटा भूउपग्रहसहितको पीएस्एल्वी–सी ४० नाम गरेको उक्त रकेट आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरेको हो ।

'बीबीसी'का अनुसार गतवर्षको असफल प्रयासपछि भारतले पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ । नक्सांकन र चित्रांकन गर्ने अन्तरिक्षयानसहितको उक्त रकेटमा अन्य ६ देशका भूउपग्रहहरू पनि छन् ।

विशेषगरी पृथ्वीको अवलोकन गर्न अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, दक्षिण कोरिया र फिनल्यान्डका भूउपग्रह बोकेर अन्तरिक्षतर्फ उक्त रकेट प्रक्षेपण गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

प्रक्षेपण लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक गरिएको सफल प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन् । अघिल्लो वर्ष प्रक्षेपण गरिएको पीएसएलवी–सी ३९ नामक रकेट अन्तरिक्षमा पुग्न असफल भएको थियो । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework