लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सुडानमा झडपमा परी ४० जना बिद्रोहीको मृत्यु

शनिबार, ६ जेष्ठ, २०७४ मा प्रकाशित, 20031 पटक हेरिएको

काठमाडौं, जेठ ६ । दक्षिण सुडानको विएह राज्यस्थित वाट क्षेत्रमा सुरक्षाकर्मीसँग भएको झडपमा कम्तिमा ४० जना विद्रोहीको मृत्यु भएको छ ।

सरकारी सेनासँग भएको झडपमा प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएका छन् । त्यसैगरी विद्रोहीतर्फ ठूलो संख्यामा घाइते भएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।

दक्षिण सुडानको सीमा क्षेत्रस्थित एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो ।(एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.