लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अमेरिकी जासुसलाई इरानमा १० वर्ष जेल सजाय

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 2463 पटक हेरिएको

काठमाडौं, साउन २ । जासुसी गरेको आरोपमा इरानले एक जना अमेरिकी नागरिकलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

शियु वाङ नामका ३७ वर्षीय अमेरिकी नागरिकले अमेरिका र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको आरोप लगाउँदै इरानले कैदको सजाय सुनाएको हो ।

इरानको सरकारी टेलिभिजनले अमेरिकी नागरिकलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो ।

उनलाई जासुसीको आरोपमा पक्राउ गर्नु अघि झन्डै चार हजार पाना दस्तावेज डिजिटल अर्काइभ पनि गरिएको इरानले जनाएको छ ।

इरानले झन्डै ७० जनालाई जासुसीको आरोपमा पक्राउ गरे पनि केहीको नाम मात्र सार्वजनिक गरेको छ ।

यसैबीच आफ्नो नागरिक पक्राउ परेकोप्रति अमेरिकाले आपत्ति जनाउँदै झुठो आरोपमा पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले इरानसँग आफ्ना नागरिकलाई झुठा आरोपमा पक्राउ नगर्न र पक्राउ परेकालाई तत्काल रिहा गर्न आग्रह गरेको हो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework