लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अमेरिकामा र्‍यालीको बीचबाटै कार गुडाइयो, एकजनाको मृत्यु, १९ घाइते

आइतबार, २९ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २९ । अमेरिकामा अति दक्षिणपन्थी नवनाजीवादीको समर्थकले निकालेको र्‍यालीको विरोध गर्नेहरुको बीचबाट चलाइएको कारको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।

घटनामा १९ जना घाइते भएका छन् । अमेरिकी गृहयुद्धका बेला भएको गुलामी प्रथाको समर्थनमा लड्ने जनरलको मूर्ति हटाएको विरोधमा युनाइट द राइट नामबाट यो र्‍याली निकालिएको बताइएको छ ।

प्रहरीले र्‍यालीलाई अवैध घोषणा गरेको थियो । र्‍यालीको विरोध गर्नेहरुको भीडमा चलाइएको कार तत्काल नियन्त्रणमा लिइएको थियो ।

कार चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

यसअघि र्‍याली निकालिरहेका गोरा नस्लवादी र उनीहरुका विरोधीबीच सडकमा हिंसात्मक झडप भएको थियो ।

राष्ट्रपति डोनल्ड ट्रम्पले हिंसाको आलोचना गर्नुभएको छ । स्थानीय प्रशासनले यो क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरेको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework