लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

इरानमा गएको शक्तिशाली भूकम्पमा मर्नेको संख्या चार सय नाघ्यो

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २८ । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या चार सय नाघेको छ ।

इराकको कुर्द शहर हालब्जानजिकैको क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ३ म्याग्नेच्यूडको भूकम्प जाँदा सात हजारभन्दा बढी घाइते भएका छन् ।

भूकम्पमा परी सबैभन्दा बढी इरानको पश्चिमी केरमान्शाह प्रान्तका नागरिकको मृत्यु भएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पबाट अस्पतालहरुमा पनि क्षति पुगेकाले उपचारमा कठिनाई भएको छ । भूकम्पबाट प्रभावित ७० हजार मानिसलाई तत्काल बासस्थानको आवश्यकता रहेको उद्धारकर्मीहरुले जनाएका छन् ।

भूकम्पपछि दुबै देशका सीमावर्ती क्षेत्रका थुप्रै भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । विद्युत् र सञ्चार सेवा अबरुद्ध भएको छ ।

इरानमा यस वर्ष लगातार चार पटक ठूला भूकम्प आइसकेका छन् । यसअघि गत मे, अप्रिल र जनवरीमा पनि इरानमा ठूला भूकम्प गइसकेका छन् ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework