लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

न्यूयोर्क विश्वका धनी शहरको सूचीमा, लण्डन दोस्रो स्थानमा

सोमबार, २९ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २९ । विश्वका धनी शहरको सूचीमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ ।

न्यू वल्र्ड वेल्थले रिपोर्टले विश्वका धनी १५ शहरको सूची सार्वजनिक गरेकोमा न्यूयोक पहिलो नम्बरमा परेको हो ।

यसैगरी बेलायतको लण्डन दोस्रो, जापानको टोकियो तेस्रो र अमेरिकाको सनफ्रान्सिस्को चौथो नम्बरमा छन् ।

पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाई परेका छन् । भारतको मुम्बई पनि विश्वको धनी शहरको सूचीमा १२ औं स्थान परेको छ ।

सबैभन्दा धनी देशको सूचीमा भारत छैठौं स्थानमा छ । भारतमा ८ हजार २३० बिलियन डलर सम्पत्ति छ ।

शहरको कूल सम्पत्तिको गणनामा शहरमा बस्ने व्यक्तिको निजी सम्पत्ति मात्र गणना गरिएको छ ।

व्यक्तिहरुको जग्गा, नगद, शेयरलगायतलाई हेरेर सम्पत्तिको मूल्यांकन गरिएको हो । सरकारी कोषको गणना भने यसमा गरिएको छैन ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework