लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अमेरिकी ड्रोन आक्रमणबाट पाकिस्तानमा तालिवानका बरिष्ठ नेता मारिए

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १ । अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका बरिष्ठ नेता खालिद मेहसुदको मृत्यु भएको छ ।

अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिक-इ-तालिवान पाकिस्तान (टीटीपी)का उपनेता खालिद मेहसुदको मृत्यु भएको हो ।

टीटीपीका एक पवक्ताले पनि उपनेता मेहसुदको मृत्यु भएको पुष्टि गरेका छन् । मेहसुदको मृत्युपछि पाकिस्तानी तालिवानलाई थप कमजोर बनाएको छ ।

टीटीपी दर्जनौं आत्मघाती र अन्य आक्रमणमा संलग्न रहँदै आएको छ ।

उनकै कमाण्डमा गत डिसेम्बरमा पाकिस्तानको पेशावरस्थित एउटा क्याम्पसमा आक्रमण गर्दा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।

मेहसुदको मृत्युपछि टीटीपीका लडाकूहरु छिमेकी मुलुक अफगानिस्तानमा शरण लिन बाध्य भएको पाकिस्तानी अधिकारीहरुले दाबी गरेका छन् ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework