लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाद्वारा राजीनामा

बिहीबार, ३ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन ३ । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौं, फागुन ३ । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले पदबाट राजीनामा दिएका छन् ।

आफ्नै पार्टीको निरन्तर दवावपछि उनले टेलिभिजनमा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । उनले पार्टी निर्णयबाट आफू असन्तुष्ट रहेको समेत बताए ।

उनले सम्बोधनका क्रममा आफ्नो पार्टी एएनसीमा हिंसा हुने र पार्टी विभाजनमा जाने भएकाले आफूले राजीनामा दिएको बताए ।

आफ्नो कारण कसैको ज्यान नजाओस् र पार्टी विभाजन नहोस् भनेर तत्कालको समस्याका कारण राजीनामा दिने निर्णय गरेको उनले बताए ।

पद छाडे पनि अफ्रिकी जनताका लागि काम गरिरहने उनको प्रतिबद्धता थियो । जुमाको बार्टी एएनसीले उनलाई राजीनामा गर्न दबाब दिँदै आएको थियो ।

राजीनामा नदिए संसद्को सामना गर्नुपर्ने चेतावनीसमेत पार्टीले दिएको थियो ।

आफ्नै पार्टीले राजीनामा माग गरेपछि उनको राजीनामा माग गर्दै विभिन्न स्थानमा प्रदर्शनसमेत भएको थियो ।

७५ वर्षीय जुमालाई उनको पार्टीले उप–राष्ट्रपति रामाफोसालाई एएनसीको नयाँ नेता बन्ने बाटो खोलिदिन आग्रह गरेको थियो ।

सन् २००९ देखि सत्तामा रहेका जुमालाई धेरै पटक भ्रष्टाचार र घुस लिएको आरोप लागेको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework