लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई प्रदान

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, बैशाख ४ । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ ।

काठमाडौं, बैशाख ४ । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ ।

पुलित्जर पुरस्कार अमेरिकी पत्रकारिता क्षेत्रमा सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ । यो पुरस्कार सन् १९१७ मा सुरु गरिएको थियो ।

फिल्मी दुनियाँका महत्वपूर्ण व्यक्तित्व वाइन्सटानमाथि विभिन्न महिला र अभिनेत्रीले यौन उत्पीडन र बलात्कारको आरोप लगाएका छन् ।

तर उनले भने सहमति मै आफूले महिलाहरुसँग सम्बन्ध राखेको दाबी गर्दै आएका छन् । हार्वी वाइन्सटाइन विरुद्धको समाचारले विश्वभर सामाजिक संजालमा मी टु अभियान सुरु भएको थियो ।

जसका कारण महिलाले कार्यस्थल र अन्य ठाउँमा हुने यौन उत्पीडनको घटनाको अनुभवलाई साझा मुद्दा बनाएका थिए ।

६६ वर्षिय वाइन्स्टाइनमाथि विभिन्न मुद्धा दायर गरिएको छ । लण्डन, न्यूयोर्क र लस एन्जलस्का प्रहरीले उनी विरुद्ध जाँच गरिरहेका छन् ।

यस्तै सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको रिपोर्टिङका लागि वाशिंटन पोष्ट र न्यूयोर्क टाइम्स्लाई संयुक्त रुपमा खोजी पत्रिकारिता पुरस्कार प्रदान गरिएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework