लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

पार्टीले कारवाही गर्छ भने भोग्न तयार छौँ : सांसद शाही

शुक्रबार, ५ कार्तिक, २०७३ मा प्रकाशित,

हामी जनताका लागि काम गर्दै छौँ , लोकमानले सर्वोच्च अदालत , व्यवस्थापिका सांसद देखि मुलुकका विभिन्न निकायहरुको अपमान गरेका छन् । गणतन्त्रमा यस्तो व्यावहार सैह्य हुदैन । हामीले लोकमानको स्वच्छचारिताको अन्त्य खोजेका हौ । यस्तो काम गर्दा कारवाहीमा परिन्छ भने हामी कारवाही भोग्न तयार छौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भए पछि नेपाली राजनीति लोकमानसिंह माथि केन्द्रीत बनेको छ । एमाले र माओवादी केन्द्रका १५७ सांसदले कात्तिक ३ मा महाअभियोग प्रस्ताव दर्ता गराए पछि प्रमुख तीन दलका शीर्ष नेताहरु समेत अफ्ठायारोमा परेका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरि अर्को एक पटक धर्मसंकटमा परेको चर्चा चल्न थालेको छ । यसै सन्दर्भमा हामीले महाअभियोग प्रस्तवका प्रस्तावक माओवादी केन्द्रका सांसद  महेन्द्रबहादुर शाहीसंग कुराकानी गरेका छौ । प्रस्तु छ उक्त कुराकानीको केही अंश :

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोगले त तपाईको पार्टी भित्र तरङ्ग उत्पन्न गर्यो भनिन्छ नि ?

यो अति महत्वपूर्ण विषय हो । पार्टीमा कुनै संस्थागत निर्णय भएर हामीले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिएनौँ । यसैले पनि पार्टी भित्र केही चर्चा चल्न सक्छ , तर पार्टीमा कुनै अन्योल छैन ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले त पार्टी र मसंग कुनै सल्लाह नगरी केही सांसदहरुले महाअभियोगको प्रस्ताव दर्ता गराए भन्ने गुनासो सहितको आक्रोश पोख्न थाल्नु भएको छ नि त ?

हो, पार्टीमा यसबारे कुनै सल्लाह भएको छैन । अध्यक्षसंग पनि कुनै सल्लाह गरिएको होइन । जनताका पक्षमा , न्यायका पक्षमा , विधिका पक्षमा हामीले कार्की विरुद्ध महाअभियोग दर्ता गराएका  हौँ । हामी देश र जनताका पक्षमा छौँ ।

यो प्रकरणलाई पार्टी अध्यक्षले कटवाल प्रकरणसंग जोड्दै अत्यन्तै तनावमा हुनुहुन्छ भनिन्छ नि ?

रुगमाङ्गत कटवाल प्रकरण र यो प्रकरणमा धेरै अन्तर छ । यो जनताका लागि हामीले छेड्न खोजेको अभियान हो । यसले पार्टी अध्यक्षलाई कुनै अफ्ठयारो पारेको छैन् । बजारमा अनेक किसिमका हल्लाहरु आएका मात्रै हुन ।

तपाई यसो भन्दै हुनुहुन्छ , महाअभियोग लगाउन संमन्वयनकारी भूमिका खेल्नुभएका अर्जामन्त्री जनार्दन शर्मालाई कारवाही गर्ने मनस्थितिमा दाहाल पुग्नु भएको खबरहरु बाहिर आएका छन ?

यी सब हल्ला मात्र हुन । हल्लाका पछाडि नलागौँ । कार्कीमाथिको महाअभियोग पारित हुन्छ ।

चर्चामा आएजस्तै मन्त्री शर्मालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले कारवाही गर्नु भयो भने ?

हामी जनताका लागि काम गर्दै छौँ , लोकमानले सर्वोच्च अदालत , व्यवस्थापिका सांसद देखि मुलुकका विभिन्न निकायहरुको अपमान गरेका छन् । गणतन्त्रमा यस्तो व्यावहार सैह्य हुदैन । हामीले लोकमानको स्वच्छचारिताको अन्त्य खोजेका हौ । यस्तो काम गर्दा कारवाहीमा परिन्छ भने हामी कारवाही भोग्न तयार छौँ ।

तपाईले न्याय र विधिका लागि लोकमानसिंह कार्की विरुद्ध महाअभियोग ल्याएको भन्दैहुनुहुन्छ , ०६२ – ६३ को आन्दोलन दवाउन मुख्य भूमिकाका आरोपी कार्कीलाई अख्तियार प्रमुख बनाउन पार्टी अध्यक्ष दाहालले पहल गर्दा विधि र कानूनको हेक्का तपाईहरुलाई किन नभएको ?

माओवादीले मात्र उनलाई अख्तियार प्रमुख बनाएको थिएन । कांग्रेस र  एमालेले पनि सहमति गरेका थिए । कुनै मान्छेले आफूलाई सुधार गर्न खोज्छ भने मौका दिनु पनि पर्छ भन्ने पनि हो नि ।

बजारमा त दाहालले कार्कीबाट ठूलो रकम बुझेर आफूहरुलाई नछुने सर्तमा अख्तियार प्रमुख बनाएको चर्चा चलेको थियो , आज पनि छ नि ?

बजारका हल्ला पछाडि नलाग्नुस् । बजारमा अनेक चर्चा चल्छन ।

अख्तियारले माओवादी शिविरको छानविन गर्ने भनेपछि तपाईहरुले कार्कीको चर्को आलोचना गर्न थाल्नु भयो , महाअभियोगको सार्थकता देशका लागि कि पार्टीका लागि ?

शिविरमा अनियमितता भएको छ भने छानविन गर्न कसैले रोकेको छैन । तर आग्रह पूर्वाग्रका आधारमा  कसैलाई आरोप लगानु राम्रो होईन । कार्की पूर्वाग्रबाट ग्रसित छन् ।

असोज पहिलो साता प्रधानमन्त्री दाहाल र कार्की बीचको भेट पछि, सबै कुरा मिल्यो भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो , फेरि कुरा कहाँ विग्रिए छ ?

कुरा त्यसो होइन । पार्टी अध्यक्ष दाहलले कार्कीको कसुर बचाउन खोज्नु भएकै छैन । विधिसंगत ढंगबाट चल्न निर्देशन मात्र दिनु भएको हो ।

पछिल्लो चरणमा माओवादीका नेताहरुलाई अख्तियारले तान्दै छ ,भन्ने हल्ला चलेका बेला तपाईहरु तर्सिएर महाअभियोगमा  जानुभएको त होइन ?

हामी उनीसंग किन तर्सिने । मुलुकमा उनले जे पनि गर्न पाउने अधिकार छैन । उनले आफ्नो क्षेत्राधिकार उलङ्घन गरेका छन् ।

ए त्यसो हो भने अख्तियारले पार्टीहरुलाई छुदै न छुने ? त्यसो भने यस्ता निकाय किन चाहियो, खारेज गरिदिए भएन ?

कुरा त्यसो होइन । गणतन्त्रमा कोहि पनि सर्वेसर्वा हुन सक्दैनन् । कार्की सर्वेसर्वा हुन खोजेका कारण उनी माथि कारवाही आवश्यक परेको हो ।

प्रस्ताव पास भएन भएन ?

नहुने कुुरै छैन ।

सर्वोच्च अदालतमा अख्तियार प्रमुख हुनका लागि कार्कीको योग्यतामाथि मुद्धा छ , अदालतले उनलाई अयोग्य ठहर गरेमा तपाईका पार्टी अध्यक्ष दाहालको नाक अनुहारमै रहला कि अन्त कतै ?

हेर्नुस् , लोकमानसंग तपाईले अध्यक्ष दाहाललाई धेरै जोड्नु भयो । उनलाई अख्तियारमा पुर्याउन देशी विदेशी शक्तिकेन्द्रहरु लागेका थिए । यसमा दाहालको मात्र गल्ती छैन । यो मुलुक अझै पनि अर्धऔपनिवेशिक छ । यो बुझ्न जरुरी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework