लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

माओवादी केन्द्रका नेताहरुले भ्रष्टाचारमा कांग्रेस-एमालेलाई जितेका छन् : खड्कबहादुर विश्वकर्मा

सोमबार, २९ कार्तिक, २०७३ मा प्रकाशित, 5102 पटक हेरिएको

नेकपा माओवादी ‘विप्लव’ पार्टी गठन भएदेखि नै चर्चामा छ । चर्चा नेपाल बन्द आयोजना गरेका कारण । सर्वसाधारण नागरिकले समेत अत्यन्तै आलोचना गर्दै आएको बन्द संस्कृतिलाई माओवादी ‘विप्लव’ पार्टीले त्याग्न सकेन् । बन्दलाई क्रान्तिको संज्ञा दिदै आएको पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मासंग हामीले बन्द र समसामयिक विषयमा छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीका केही अंश:

नेकपा माओवादी ‘विप्लव’ पार्टी गठन भएदेखि नै चर्चामा छ । चर्चा नेपाल बन्द आयोजना गरेका कारण । सर्वसाधारण नागरिकले समेत अत्यन्तै आलोचना गर्दै आएको बन्द संस्कृतिलाई माओवादी ‘विप्लव’ पार्टीले त्याग्न सकेन् । बन्दलाई क्रान्तिको संज्ञा दिदै आएको पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मासंग हामीले बन्द र समसामयिक विषयमा छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीका केही अंश:

नागरिकको चर्को आलोचनालाई बेवास्ता गर्दै तपाईंको पार्टीले बन्दको आव्हान गरिरहेको छ ,किन ?

चाहे सरकार होस, चाहे सरकारका निकाय हुन, हामीले उनीहरुसंग जनताका डिमाण्डहरु सम्बोधन गर भनेर आग्रह गर्ने हो, गरि पनि रहेका छौं । यो मुलुकका न्यायप्रेमी जनता र जनताका पक्षमा आवाज उठान गर्ने दलहरुले सजिलोसँग माग राख्दा राज्य या सरकार अन्धो बन्ने गरेको छ । जनताका पीडा नदेख्ने सरकारका विरुद्ध बाध्य भएर हामीले बन्द गर्नु परिरहेको छ ।

दिनभरि काम गरेर साँझ खानु पर्ने गरीबहरुको दुःख तपाईहरुले बढी देखेका कारण बन्दको आव्हान गर्ने गर्नुभएको हो ?

नेपाली जनताले मुलतः २००७ साल देखि अझ २०५२ सालदेखि मुलुकको सरकार आफ्नै विरुद्धमा रहेको देखे । जनताले त्यसका विरुद्धमा निरन्तर आन्दोलन गर्दै आएका छन् । २०६२/०६३ को राजनीतिक परिवर्तनले जनताका पीडा बुझ्ला भन्ने थियो तर त्यसको ठीक विपरित भयो । जनताको सार्वभौम अधिकारमाथि बन्चित भएको अवस्थामा हामीले जनताका पक्षमा उभिने काम गरेका छौं ।

देशको सार्वभौम सत्तामाथि नै खेलवाड गरिएको छ । हामी स्वाभिमान र सार्वभौम सत्ताका लागि लड्दै छौं । यसलाई गलत व्याख्या गर्नु राम्रो भएन् । नेपाली जनता आन्दोलित छन् । जनताका पक्षमा हामी छौँ । हामीलाई जनताले पूर्ण साथ दिएका छन् ।

तपाईंले स्वाभिमान र सार्वभौमसत्ताको कुरा गर्दा, देश र जनतामाथिको ठट्ठा गरेको त होइन ?

आजसम्म नेपाल देश र जनताको टाउकोमा गिर खेल्ने काम मात्रै भएको छ । कुनै पनि शासकहरु नयाँ रुपका मात्रै भए । देश र जनताका पक्षमा कसैले पनि काम गरेनन् । जनयुद्ध देश र जनताका पक्षमा थियो । त्यो एउटा ऐतिहासिक परिस्थितिले सिर्जना गरेको आन्दोलन थियो । प्रतिक्रियावादीहरुसंग नेपाली जनताले युद्ध लडिरहेका थिए तर युद्ध हाँक्ने नेतृत्व ती प्रतिक्रियावादी शासकसँग घाटी जोड्न पुगे । हामीले जनताको आन्दोलनलाई निरन्तरता दिने काम गर्दै छांै ।

तपाईले कति मीठो गरि गफ दिनुभयो हगी । शान्तिप्रक्रियाबाट संसदको बाटो भएर सरकारमा पुगेर मनलाग्दी गेरर, भागबण्डा नमिल्दा पार्टी फुटाउने तपाईंहरु अनि अहिले जनताको आन्दोलनको नेतृत्व गर्दैछौ भन्ने ?

वास्तविकता के हो तथ्य के हो भन्ने कुरा हेर्नु पर्छ । ०६३ पछिको राजनीतिमा पुष्पकमल दाहलले नेपाली जनताको क्रान्तिकारी कार्यक्रमलाई परित्याग गरेर दलाल संसदीय व्यवस्थामा प्रवेश गरेपछि राजनीतिक बैचारिक र सैद्धान्तिक हाम्रो असहमति भएको हो । उहाँलाई सच्याउन लामो प्रयास हामीले गर्यौ । उहाँ सच्चिन तयार हुनुभएन् । दाहालले विर्सजन गरेको नेपाली क्रान्तिलाई उठाउने काम हामीले गरेका छौं । हाम्रा विरोधी विदेशी दलालहरुले भागबण्डा नपुगेर भनिरहेका छन् । यसमा कुनै सत्यता छैन् ।

तपाईहरु अहिले क्रान्ति गर्दै हुनुहुन्छ हो ?

हो, हामी क्रान्तिको निरन्तर पक्षमा छौं ।

त्यो कसका विरुद्धको क्रान्ति हो ?

२०६३ पछि जनताको शक्तिको दुरुपयोग गरेर दलाल संसदीय व्यवस्था संचालन गर्ने । यही संसदीय व्यवस्थाको आडमा भ्रष्टाचार गर्ने दलाल तत्वका विरुद्धमा हामी क्रान्ति गर्छौ ।

त्यो दलाल तत्वको एक नम्बरमा कसलाई देख्नु हुन्छ ?

व्यक्ति विशेषको कुरा नगरौँ ।

तपार्इंहरुको क्रान्तिको स्वरुप कस्तो हुन्छ ?

नेपालमा क्रान्ति अनिवार्य छ । क्रान्ति पुरानै तरिकाले हुँदैन् । हामीले जनयुद्ध संचालन गरेका थियौं । त्यो पुरा गर्न सकिएन् । प्रचण्डले जनयुद्धलाई धोका दिनुभयो । अब हामीले विश्वमा भएको विज्ञानको विकास,मानव चेतना र चाहनालाई जोडेर क्रान्ति गर्न जरुरी छ ।

दश वर्ष सम्म तपाईंहरुको जनयुद्ध हेरियो, त्यस पछिको दशवर्ष तपाईहरुको धनयुद्ध हेरियो, अहिले तपाई बन्द युद्ध हेर्दैछौं । यो जुनी यसै वित्ने भो ?

वित्दैन् । जनयुद्ध र १९ दिने जनआन्दोलनले नै हामी यहाँसम्म आएका छौं । विडम्बना, जनयुद्ध हाँक्ने नेताले नै राष्ट्र र जनतालाई धोका दिएका कारण यस्तो भएको हो । कांग्रेस, एमाले र प्रचण्डको धोकाधडीको अन्त्य गर्न अब धेरै दिन लाग्दैन् ।

२०६३ को परिवर्तन पछि माओवादी भित्र विचलित तत्वको हावी भयो । त्यसले आन्दोलनमात्रै डुवाएन कि देशमा भ्रष्टाचार, बेथिति र विचलन पनि ल्याइदियो । हो त्यसैको विरुद्धमा हामी आन्दोलित छौ । माओवादी केन्द्रका नेताहरुले भ्रष्टाचार गर्नमा कांग्रेस ,एमालेलाई पनि जितेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework