लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

संघीयताले गाउँ जा भन्छ, त्यसैले गाउँमै बस्छु: नेता, विश्वप्रकाश शर्मा(भिडियो)

सोमबार, ९ फागुन, २०७३ मा प्रकाशित,

नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पृथक र शसक्त विचारका कारण चर्चित छन् । विशेष गरी राजधानी भन्दा पनि जिल्लामै बसेर राजनीति गर्न रुचाउने उनी कांग्रेसका केन्द्रीय सदस्य भइसकेपछि आफ्नै गृहजिल्ला झापामा नै विभिन्न कामहरुमा सक्रिय छन् ।

केही साता अघि नेपालमै पहिलोपटक बृहत ‘स्वास्थ्य महोत्सव’को आयोजना गरेर उनले नयाँ परिचय बनाएका छन् । हालैमात्र काठमाडौं आएका शर्मासँग समसामयिक घटनाक्रमका बारेमा पत्रकार राजन कुईंकेलले गर्नुभएको कुराकानीको अंश:

कति महिनापछि काठमाडौं फर्किनुभयो ?

तीन महिना पछि काठमाडौं आएको हुँ ।

काठमाडौंमा नेताको वरीपरि बसेर राजनीतिक सोच प्राप्त हुन्छ भन्नेहरुलाई के भन्नुहुन्छ ?

काठमाडौंमा रहेका साथीहरु नेताकै वरिपरि मात्र रहनुभएको भन्ने होइन् । काठमाडौंमा बसेर पनि मेची–महाकाली गरिरहनुभएको छ साथीहरु । म झापामै बसेर मेची–महाकाली गरिरहेको छु, फरक यत्ति हो । झापाबाट अलिक गारो होला ओहोरदोहोर गर्न तर सुविधा हामीसँग छ । त्यसैले म गाउँ नै बस्छु र संघीयताले पनि गाउँ नै जाउ भनिरहेको छ ।

तपाईको जस्तो सोच हुने हो भने हरेक दलले माटो वा जनतासँग जोडिएर गर्ने राजनीति महत्व अलिक फरक हुन्थ्यो होला है ?

राजनीतिक दलहरुले संगठन बलियो बनाउने हो भने गाउँ नै जानुपर्छ । जस्तो कांग्रेसको रुखलाई बलियो बनाउने हो भने फ्रेन्डलब्ली दलेर हुँदैन् । रुखको जरामै जल हाल्नुपर्छ, जरामै मल हाल्नुपर्छ । र त्यो भनेको गाउँमै छ ।

तपाईं गाउँमा पुगेर जनताहरुसँग साक्षरता गर्दा अहिलेको राजनीतिलाई जनताले कसरी बुझेका रहेछन् ?

मिश्रित कुरा आएको छ नागरिकको । प्राप्त भएको उपलब्धीप्रति नागरिक खुशी छन् । परिवर्तनप्रति नागरिक खुशी छन् । किनकी मुलुकमा गणतन्त्र आएको छ, शान्ति छाएको छ, पहिचानका स्वरहरुलाई सम्बोधन गर्ने प्रयास भएको छ । नागरिक पंक्तीमा आत्मविश्वास, आत्मसन्तुष्टी दिएको छ । तर असन्तोष पनि छ । किन उपलब्धी पर्याप्त रुपमा हुन सकेको छैन् । त्यसैले अब सात सालको कुरा होइन ८७ सालमा नेपाल कस्तो बनाउने भन्ने अभियान लिएर मात्र चुनावमा जानुपर्छ ।

नेपालमा धेरै उपलब्धीहरु भए भनिएको छ तर सानो अफ्ठयारो आएपछि यस कारणले काम गर्न सकिएन भनिन्छ । त्यसैले समय पाउँदा हामीले किन गरिरहेका छैनौं ?

यसलाई तुलनात्मक रुपमा हेरिनुपर्छ । हामीले जति गर्नु पर्दत्यो, त्यो भएको छैन् । तर केही भएको छैन भन्नु पनि गलत हो । तर नागरिकले आफैं मुल्याकंन गरिरहेका छन् । पाँच दिन लाग्ने बाटो अब पाँच घन्टामा आउन सकिन्छ । संचार, शिक्षा साथै स्वास्थ्यको सन्दर्भमा धेरै उपलब्धी भएको छ ।

नेताहरुले गर्ने गरेको राजनीति ‘दलाली’ भयो भनिन्छ, यस्तो राजनीतिले गन्तब्यसम्म पुर्याउला ?

राजनीतिकर्मीले गलत प्रश्न गरे भनेर आरोपित नगरौं, पहिले आफूलाई सुधारौं । यतिबेला राजनीति भन्दा ठूलो समस्या केही भएको छैन । तर समाधान पनि राजनीतिले नै गर्छ । त्यसैले आफूलाई परिमार्जन र सुधार गर्नु जरुरी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework