लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तराई–मधेसका जनता अत्यन्तै देशप्रेमी छन् : प्रधानमन्त्री (भिडियो)

बिहीबार, २९ भदौ, २०७४ मा प्रकाशित,

जनकपुर, भदौ २९ । प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनको प्रचारका लागि विभिन्न दलका शीर्ष नेताहरु अहिले तराई–मधेसमा केन्द्रित छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि तराई–मधेसका विभिन्न जिल्लाको भ्रमणमा छन् ।

यसैक्रममा जनकपुर पुगेका प्रधानमन्त्री देउवासँग इमेजकर्मी सरोज अधिकारीले विशेष संवाद गरेका छन् ।

तपाइँको यो १०० दिन कस्तो रहयो ?
ठिकै छ । राम्रै भएको छ । मेरो मुख्य काम चुनाव नै हो । त्यसकारण स्थानीय चुनाव सम्पन्न हुने दिशातर्फ अघि बढेको छ । आउँदो प्रान्तीय र राष्ट्रिय चुनावको तयारी भइरहेको छ । मेरो मुख्य उद्देश्य भनेको संविधान कार्यान्वयन नै हो ।

तपाइँले प्रदेश नम्बर–२ को निर्वाचनको सिलसिलामा केही स्थानहरुको भ्रमण गर्नुभयो । जनताको उत्साह कस्तो पाउनुभयो ?
जनता अत्यन्तै उत्साहित छन् । दैनिक जनतासँग सरोकार राख्ने स्थानीय तहको निर्वाचन भएकाले जनताको उपस्थित र चासो बढी छ । त्यसैले यो चुनावमा अत्याधिक मत खस्नेछ ।

मधेसलाई अलिक फरक दृष्टिकोणले हेर्ने र साप्रदायिकता फैलाउन प्रयास भएको थियो । अहिले गाउँ पुग्दा यहाँले कस्तो पाउनुभयो ?
तराई–मधेसका जनता अत्यन्तै देशप्रेमी छन् । प्रजातन्त्रवादी छन् । भाषाभाषी, संस्कृति र रहनसहनकाबारेमा चासो राख्नु स्वाभाविक नै हो ।

नेपालको संविधानले सबैलाई अधिकार दिएको छ । मधेसी जनता अधिकारकाबारेमा जागरुक हुनु स्वाभाविक पनि हो । स्थानीय भाषा र संस्कृतिमा हामी गम्भीर हुनुपर्छ ।

नेपालमा विकासको दृष्टिकोणले अलिक सुस्त भइरहेको पाइन्छ । किन यस्तो भइरहेको छ ?
विकास नेपालमा अघि बढेको छ । विगत १० वर्ष मुलुक द्वन्द्वमा फसेकाले केही समस्या भएको हो । तर, अहिले विकासका कामहरु भइरहेका छन् । स्थानीय तहले पनि स्थानीय विकासलाई प्राथमिकता दिएको छ ।

तपाइँको विचारमा यतिबेला मधेसका मुद्दाहरु सम्बोधन भएजस्तो लाग्छ ?
हामीले मधेसी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन गर्न खोजेका थियौं । तर, दुई तिहाइ पुग्न सकेन । एमालेले मानेन । तर, भोलि जनताले यसबारे बुझ्नेछन् ।

मधेसबाट तपाइँले परिणामको कस्तो आशा गर्नुभएको छ ?
मधेसमा हाम्रो एकदम राम्रो परिणाम आउँछ । मधेसकेन्द्रित दलहरु एकजुट छैनन् । त्यसैले हामी पहिलो पार्टी बन्छौं ।

विस्तृत् भिडियोमा हेर्नुहोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework