लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

कुतर्कका साथ नेपाली वर्णविन्यासमा परिवर्तन : भाषाविद् चूडामणि गौतम

बिहीबार, २३ भदौ, २०७३ मा प्रकाशित, 3894 पटक हेरिएको

विवादबारे जानकारी लिनका लागि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ।नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग, पाठ्यक्रम विकास कन्द्र आदिबाट वि.सं. २०६७ मा नेपाली भाषाको वर्णविन्यासमा साबिक नियमका विपरीत नयाँ नियम लाद्ने घोषणा भयो ।

भाषाविद् चूडामणि गौतम शैक्षिक क्षेत्रमा अंग्रेजी व्याकरणकारको रूपमा चिनिनुहुन्छ । वहाँले अहिलेसम्म दर्जनौं पुस्तकहरू लेखेर प्रकाशित गरिसक्नुभएको छ । नेपाली भाषालाई सरल बनाउने नाममा भाषामा खेलवाड हुनथालेको भन्दै उहाँ लगायतले भाषा बचाउ अभियान संचालन गर्नुभएको छ । प्रस्तुत छ : भाषामा देखिएको विवाद माथि केन्द्रीत रहेर गौतमसंग गरिएको कुराकानी -

नेपाली वर्णविन्यासमा अहिलेको विवाद के हो ?

विवादबारे जानकारी लिनका लागि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ।नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग, पाठ्यक्रम विकास कन्द्र आदिबाट वि.सं. २०६७ मा नेपाली भाषाको वर्णविन्यासमा साबिक नियमका विपरीत नयाँ नियम लाद्ने घोषणा भयो । त्यसमा (१) तत्सम तथा आगन्तुक, (२) आगन्तुक शब्दमा रहेका श, ष दुवैको साटो स गर्ने, (३) आगन्तुक शब्दको शुरू र बीचको दीर्घ ई लाई ˛स्व इ बनाउने, (४) व अक्षरलाई ब बनाउने, (५) क्षतिपूर्ति दीर्घीभवनको प्रावधान हटाउने, (६) संख्यावाचक शब्दको शुरू र बीचको दीर्घ ई लाई ˛स्व इ बनाउने, (७) पाँच अक्षर वा सोभन्दा बढीका समस्त (समास भएका) शब्दलाई छुट्ट्याएर लेख्ने, (८) संयुक्त अक्षर हटाएर व्यञ्जनको खुट्टै काट्ने ।

यस्तो मनगढन्त नियम लागू गरेर वर्णविन्यासको परम्परागत स्वीकार्य मान्यतालाई भताभुड्ड पारी नेपाली भाषाको अस्तित्व सङ्कटमा पर्ने देखिएपछि डा. बलदेव शर्मा अधिकारी, शरच्चन्द्र वस्ती तथा म चूडामणि गौतमलगायत  व्यक्तिहरू नेपाली भाषा बचाऔं अभियान २०७२ मा सकृय रहन थाल्यौं ।

तत्सम तथा आगन्तुक कस्ता शब्द हुन् ?

तत्सम शब्दको अर्थ “जस्ताको तस्तो” “त्यो जस्तो” वा “त्यस्तो” भन्ने हुन्छ। साथै, अर्को भाषाबाट रूप फेरिई आफ्नो भाषामा आएर जस्ताको तस्तै चलेको शब्द भन्ने बुझिन्छ। संस्कृत शब्दलाई मात्र “तत्सम” भन्ने नाम दिइएको छ।

“आगन्तुक” शब्द भनेको एक भाषाबाट अर्को भाषामा आएको शब्द लाई भनिन्छ। त्यसरी आउँदा जस्ताको तस्तै (अर्थात् तत्सम) भएर आए पनि संस्कृत बाहेकका अरू शब्दलाई आगन्तुकको श्रेणीमा राखिएको छ। “आगन्तुक” बनाएपछि त्यस्ता शब्दमा चलखेल गर्न पनि सकिने खराब नीयतको बाटो राखिएको आभास हुन्छ ।

'श' अक्षरको साटो 'स' गर्ने नयाँ नियम के हो ?

“आगन्तुक” शब्दमा रहेको श अक्षरलाई स बनाउने । जस्तो—
    कोशिश — कोसिस        शर्त — सर्त        शहर — सहर

यसो गर्दा श अक्षर रहेका सबै आगन्तुक शब्दमा स राखेर सजिलो पार्ने भन्ने बेतुकको  तर्क अघि सारिएको छ ।

 आगन्तुक शब्दको शुरू र बीचको दीर्घ ई लाई के  गर्ने ?

“आगन्तुक” शब्दमा रहेको शुरू र बीचको दीर्घ ईलाई ˛स्व इ बनाउने । जस्तो-
    गरीब — गरिब        पनीर — पनिर        तस्वीर — तस्बिर

यसो गर्दा दीर्घ ई तथा ऊ रहेका सबै आगन्तुक शब्दमा ˛स्व इ तथा उ बनाएर सहज पार्ने कुतर्क अघि सारिएको छ ।

'व' अक्षरलाई के गर्ने ?

संस्कृत शब्दहरू वन, वार, विना आदि “तत्सम” भएकाले (अहिले लाद्न खोजिएको नयमानुसार पनि) नबदलिनुपर्ने हो। तर नेपाली उच्चारणअनुसार लेखनुपर्ने भनी बन, बार, बिना आदि  गर्ने विवादित नियम पो लादिएको छ। जस्तो—
    वन — बन        वार — बार        विना — बिना

यसो गर्दा व रहेका सबै संस्कृत तत्सम शब्दमा ब बनाएर सहज पार्ने हास्यास्पद कुतर्क अघि सारिएको छ।     
“आगन्तुक” शब्दमा रहेको व अक्षरलाई ब बनाउने। जस्तो—

झुकाव — झुकाब        चुनाव — चुनाब        तनाव — तनाब    यसो गर्दा व रहेका सबै आगन्तुक शब्दमा ब बनाएर सहज पार्ने हास्यास्पद कुतर्क अघि सारिएको छ ।

क्षतिपूर्ति दीर्घीभवन भनेको के  हो ?

संयुङ्क व्यञ्जनहरू एक अर्काको प्रभावमा आएर प्रभावित वा परिवर्तित हुने व्यञ्जनहरूमध्ये एक व्यञ्जनको लोप भएपछि अगाडि रहेको स्वर दीर्घ मान्ने परम्परालाई क्षतिपूर्ति दीर्घीभवन भनिन्छ। अरू शब्दमा भन्ने हो भने आधा अक्षरभन्दा पहिले इकार वा उकार भएमा त्यस्तो आधा अक्षरलाई हटाएर सोभन्दा पहिलेको इकार वा उकारलाई दीर्घ (ई, ऊ) बनाइन्छ। यसो गर्दा ˛स्व इ तथा उ भन्दा पछि आउने आधा अक्षर हटाएर इ तथा उ ˛स्व नै राखी क्षतिपूर्ति दीर्घीभवनको प्रावधान नै नराख्ता सहज हुने कुतर्क अघि सारिएको छ ।

संस्कृतबाट जस्ताको तस्तै आएका नेपाली शब्दमा प्रत्यय लगाउँदा दीर्घ ईकार–ऊकारलाई के गर्ने ?

त्यसरी आएका शब्दलाई  इकार–उकार बनाउने गलत तरीका अपनाइएको छ। जस्तो—
    पूर्व — पूर्वेली — पुर्बेली?
    स्वीकार — स्वीकार्नु — स्विकार्नु ?

संस्कृतबाट जस्ताको तस्तै आएका नेपाली शब्दमा प्रत्यय लगाउँदा श तथा ष अक्षरलाई के गर्ने?

त्यसरी आएका 'श' तथा 'ष' अक्षरलाई स अक्षरमै बदल्ने नियम लादिएको छ। जस्तो—
    दर्शन    :  दर्शाउनु     —  दर्साउनु ?
    वर्षा    :  वर्षिनु     — बर्सिनु ?
    पश्चिम   : पश्चिमेली     — पस्चिमेली ?
    पुष्ट    :  पुष्ट्याइँ     — पुस्ट्याइँ ?

संख्यावाचक शब्दको शुरू र बीचको' इ'  कस्तो लेख्ने ?

संख्यावाचक शब्दको शुरू र बीचको ई  दीर्घ लेख्ने। जस्तो—
    तीन     — तिन ?
    बीस    — बिस?
    छत्तीस    — छत्तिस ?
    चालीस    — चालिस ?

समास भइसके को अर्थात् समस्त शब्द कसरी लेख्ने ?

समस्त शब्दहरू जथाभावी छुट्ट्याएर लेख्ने गरिएको छ। यस्तो नियम विवादित बनेको छ। जस्तो—
    पदयोग   -     पदवियोग ,   पदयोग           -     पदवियोग    
    (स्वाभाविक)    (अस्वाभाविक)    (स्वाभाविक)        (अस्वाभाविक)
    अक्षरविन्यास    अक्षर विन्यास    अघोरीपन        अघोरी पन
    छलकपट        छल कपट    जन्मजयन्ती        जन्म जयन्ती    
    जीवनसाथी    जीवन साथी    ताजमहल        ताज महल
    वर्णविन्यास    वर्ण विन्यास    न्यायपालिका        न्याय पालिका
    पाठ्यपुस्तक    पाठ्य पुस्तक    ह्दयविदारक        ह्दय विदारक
व्यक्तिवाचक नाम लेख्ता समस्त शब्दहरू जथाभावी छुट्ट्याएर लेख्ने गरिएको छ। यस्तो नियम विवादित बनेको छ। जस्तो—
    पदयोग        पदवियोग    पदयोग                पदवियोग    
    (स्वाभाविक)    (अस्वाभाविक)    (स्वाभाविक)        (अस्वाभाविक)
    लक्ष्मीप्रसाद    लक्ष्मी प्रसाद    सिद्धिचरण        सिद्धि चरण
    इन्द्रबहादुर    इन्द्र बहादुर     देवकुमारी     देव कुमारी

संयुक्त अक्षर कसरी लेख्ने ?

“संयुक्त अक्षरलाई यथासम्भव हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने” भन्ने नियम नै विवादको जड हो। संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्ता शब्द विरूप देखिन्छन्। जस्तो -

संयुक्त अक्षर            खुट्टा काटेका अक्षर
    कृष्ण                -   क्ऋष्ण
    द्वन्द्व             -     द्वन्द्व    
    भक्ति               -     भ क् ति        
    विद्यार्थी            -   विद्यार्थी
    स्रष्टा               -    स्रष्ट्आ

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework