लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

दाहाल भारतका निकृष्ठ पहरेदार हुन् : सीपी मैनाली

सोमबार, ३ असोज, २०७३ मा प्रकाशित,

दाहालले नेपालको सार्वभौमसत्तालाई बेचेर आएका छन् । उनले आफ्नो सत्ता टिकाउन देशलाई धोखा दिएका छन् । उनी भारतबाट परिचालित मान्छे हुन ।

माले महासचिव सीपी मैनाली नेपाली कम्यूनिष्ठ राजनीतिमा खरो र प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणप्रति आक्रमक देखिएका मैनालीसंग संविधान कार्यान्वयन र प्रधानमन्त्री दाहालको भारतभ्रमणका बारे  हामीले छोटो कुराकानी गरेका छौँ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई  कसरी हेर्नु भएको छ ?

दाहालले नेपालको सार्वभौमसत्तालाई बेचेर आएका छन् । उनले आफ्नो सत्ता टिकाउन देशलाई धोखा दिएका छन् । उनी भारतबाट परिचालित मान्छे हुन ।

प्रधानमन्त्री जस्तो मान्छेलाई कसरी यो आरोप लगाउनु हुन्छ ?

यति मात्र होईन उनी त भारतका निकृष्ठ पहरेदार हुन । भारतले जेजे गर्न चाहेको छ , ती सबै उनी मार्फत गर्दैछ । नेपाललाई  सिक्किमीकरण गर्ने प्रयासमा दाहाल छन् ।

दश वर्ष लामो जनयुद्ध लठेर आएको नेताले नेपाललाई कसरी सिक्किमीकरण गर्न सक्छ ?

माओवादी जनयुद्ध सुरुमा पवित्र भावनाले सुरु भए पनि पछि भारतकै इसारामा चलेको हो । यसका यथेष्ठ प्रमाणहरु सार्वजनिक भइसकेकै छन् । शान्ति प्रकृयामा आए पछि माओवादी र दाहाल भारतप्रति कति उदार छन् र उनीहरुका कारण नेपालले कस्तो मूल्य चुकाउदै छ , सबै छताछुल्लै  नै छ ।

संविधान कार्यान्वयन के हुन्छ ?

संविधानका नाममा देशलाई सिक्किम बनाउने भारतीय रणनीति नयाँ होईन । भारतको त्यो चाल अहिले पनि छ । राज महेन्द्र , वीपी र वीरेन्द्रले देशलाई सिक्किम बनाउन बाट जोगाएका थिए ।दाहालले भारतको योजनालाई सफल पार्न प्रयत्न गर्दैछन् । संविधान कार्यान्वयन हुने नामा देश कस्तो हुने भन्ने चिन्ता बढी छ ।

यसको अर्थ संविधान कार्यान्वयन भयो, भने  देशलाई घाटा छ  ?

कांग्रेस , माओवादी र भारतले चाहे जसरी संविधान कार्यान्वयन हुने हो, भने देशलाई गम्भीर घाटा छ । संविधान हामीले कार्यान्वयन गर्ने कि विदेशीले भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।

संविधान संशोधन के हुन्छ ?

नेपालको तराई भागलाई भारतमा विलय गर्ने भारतीय पुरानो रणनीति विगत केही वर्ष देखि सार्वजनिक भएको छ । आधिकारिक रुपमा  त्यो गोप्य योजना सार्वजनिक भएपछि देशलाई माया गर्ने मान्छेहरु सचेत हुन जरुरी छ । 'र'का पूर्व उच्च कर्मचारीले भारतको आन्तरिक राजनीतिक  किचलोका कारण नेपालको तराई भारतमा विलय गर्न नसकिएको खुलासा गरिरहदा भारतले बुँदागत रुपमा संविधान संशोधनको माग गरेको छ । भारतको निर्देशन माग्न प्रधानमन्त्री दाहाल दिल्लीपुगेर आएका छन् ।
संविधान यसै बनेको होईन । संविधान संशोधान गरेर देशलाई टुक्रयाउने कुचक्रलाई हामीले तोड्छौ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework