लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

इराकमा कार बम विस्फोट, २३ जनाको मृत्यु

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित, 2390 पटक हेरिएको

बग्दाद, चैत ८ । इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।

इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

इराकमा पछिल्ला समयको आतंकवादी आक्रमणपछि १ लाख ८० हजार जनता पलायन भइसकेका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework