लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विदेशी जेलमा छन् दुई सय ३१ नेपाली, कतिपयलाई मृत्युदण्डको सजाय

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 1590 पटक हेरिएको

काठमाडौं, चैत ७ । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् ।

हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् ।

प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, युएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमनमा ३, कोरियामा २ र इजरायलमा २ गरी २ सय ३१ जना नेपाली जेलमा छन् ।

कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने सात जनाको मुद्दा अदालती प्रक्रियामा छ ।

यसैगरी साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन । मलेसियाको जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जनालाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ ।

दुबईको जेलमा रहेका मध्ये १९ जनामध्ये एक जनालाई मृत्युदण्ड, दुई जनालाई जन्मकैद, चारजनालाई ब्लडमनि अन्य थप तीन जनालाई मृत्युदण्ड हुन सक्ने अवस्था रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework