लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रेमका लागि राजघराना नै त्यागिन् राजकुमारीले

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 59614 पटक हेरिएको

टोकियो, जेठ ४ । जापानकी राजकुमारीले एक सामान्य युवकसँगको प्रेममा राजघराना नै त्यागेकी छन् ।

२५ वर्षीय राजकुमारी माकोले राजपरिवारको परम्पराविपरीत विवाह गरेपछि राजपरिवारबाट अलग हुनु परेको हो । उनी जापानका नरेश अकिहितोकी नातिनी हुन् ।

२५ वर्षीय प्रेमी केई केमुरोसँग उनले हालै विवाह गरेको बताइएको छ । यद्यपि विवाहको औपचारिक घोषणा गरिएको छैन । दुवै केही वर्षदेखि आपसमा प्रेम गर्दै आएका थिए । केई एक कानुनी फर्ममा कार्यरत कर्मचारी हुन् ।

कलेज पढ्दा दुबैबीच प्रेम सम्बन्ध प्रगाढ भएको बताइएको छ ।

जापानको राजपरिवारको परम्पराअनुसार राजपरिवारका कुनै पनि सदस्यले सर्वसाधारणसँग विवाह गर्न पाउँदैनन् । यदि सर्वसाधारणसँग विवाह गर्ने हो भने उसले राजपरिवार त्याग्नुपर्ने हुन्छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework