लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

शारीरिक अपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण

बुधबार, २६ पुष, २०७४ मा प्रकाशित,

बासुदेव वर्मा (इमेज): कपिलवस्तु, पुस २६ । कपिलवस्तुमा शारीरिक अपांगता भएका व्यक्तिहरुलाई बुधबार ह्विलचियर वितरण गरिएको छ ।

सदमुकाम तौलिहवामा दलित सामाजिक विकास केन्द्र गोटिहवाको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई ६० थान ह्विलचियर वितरण गरिएको हो ।

कार्यक्रममा ह्विलचियर वितरण गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आयोजक र सहयोगी संस्थालाई धन्यवाद दिए ।

युनाइटेड मिसन टु नेपालका संयोजक दामोदर पण्डितले आगामी दिनमा पनि गरिब र अशक्तहरुका लागि आफूहरुको सहयोग जारी रहने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework