२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


दुई पीसीआर मेसिन खरिद र १०६० आइसोलेसन बेड बनाउने कर्णाली सरकारको निर्णय


0
Shares

सुर्खेत, जेठ २० । कर्णाली प्रदेश सरकारले प्रदेशका २४ स्थानमा एक हजार ६० ओटा आइसोलेसन बेड निर्माण गर्ने र दुईओटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले ६ हजार पीसीआर परीक्षण किटसमेत खरिद गर्ने निर्णय गरेको हो ।

कर्णालीमा कोभिड–१९ को संक्रमितको संख्या बढेपछि प्रदेश अस्पताल सुर्खेत र दैलेख जिल्ला अस्पतालका लागि पीसीआर मेसिन खरिद गर्न लागिएको हो ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरी तीनओटा पीसीआर परीक्षण मेसिन रहेका छन् ।

प्रदेशमा ५५० ओटा आइसोलेसन बेड, ४४ ओटा आइसीयु र १७ भेन्टिलेटर रहेका छन् ।

प्रदेशभर ३३ सय ७७ जना स्वास्थ्यकर्मी खटिएका छन् ।