लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा मेयर–उपमेयरहरुसँग अन्तरक्रिया

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 4832 पटक हेरिएको

काठमाडौं, असार ५ । काठमाडौं उपत्यका विकास प्राधिकारणले सोमबार उपत्यकाका मेयर तथा उपमेयरहरुसँग अन्तरक्रिया आयोजना गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा उपत्यकाका १४ ओटा नगरपालिकाका मेयर–उपमेयरको सहभागिता रहेको थियो ।

तर, काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयर भने अन्तरक्रियामा सहभागी भएनन् ।

सो अवसरमा भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामहरु, सडक तथा ढल, खानेपानी, सहरीकरणलाई व्यवस्थित गर्नेलगायतका विषयमा छलफल भएको जानकारी प्राधिकरणमा प्रमुख विकास आयुक्त भाइकाजी तिवारीले बताए ।

कार्यक्रममा विभिन्न नगरपालिकाका प्रतिनिधिहरुले जनतालाई मर्का नपर्ने गरी सहरलाई व्यवस्थित गर्ने विषयमा धारणा राखेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework