लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पुनःनिर्माणको कामलाई गति दिन्छौं : कामपा प्रमुख

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित, 1923 पटक हेरिएको

काठमाडौं, साउन २८ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनःनिर्माणको कामलाई गति दिने बताएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर–१२ बाट एसइई परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाइ दिन शनिबार गरिएको कार्यक्रममा प्रमुख शाक्यले भौतिक संरचनाको पुनःनिर्माणलाई महानगरपालिकाले गति दिने बताए ।

सांस्कृतिक संरचना राष्ट्रिय पहिचान भएको भन्दै उनले यसको संरक्षणमा जुट्न आह्वान गरे ।

उनले शिक्षित जनशक्तिलाई रोजगारीका अवसर सिर्जना गर्न महानगरपालिकाले योजना बनाउने पनि बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले जनप्रतिनिधि कुनैपनि सेवा–सुविधा प्राप्त गर्न नभइ सेवा गर्न आएको भन्दै महानगरपालिकावासीको हितमा काम गर्ने बताइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework