लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

राजधानीको गोकर्णेश्वरबाट हतियारसहित एकजना पक्राउ

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २८ । गोकर्णेश्वर नगरपालिका–४बाट हतियार र गोलीसहित एक जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक चौतारा–२ डाँडा गाउँ घर भई ललितपुर गोदाबरी बस्ने ३५ वर्षीय धिरेन श्रेष्ठलाई प्रहरीले चेकजाँचका क्रममा हतियारसहित फेला पारेपछि नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एक थान कटुवा पेस्तोल, एसएलआरको गोली एक थान बरामद भएको बताइएको छ ।

गएराति १० बजे बा८८प ८२८४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा महानगरीय ट्राफिक प्रहरी बृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णबाट खटिएको संयुक्त टोलीले उनलाई हतियारसहित फेला पारेको हो । मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework