लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेविसंघले उपमेयर खड्गीलाई धुलो र मास्क बुझायो

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २८ । नेपाल विद्यार्थी संघले काठमाडौको धुवाँलो नियन्त्रण गर्न माग गर्दै शुक्रबार काठमाडौं महानगरपालिकाअगाडि धर्ना दिएको छ ।

नेविसंघका विद्यार्थीहरुले एक घन्टाको धर्नापछि उपमेयर हरिप्रभा खड्गीलाई धुलो र मास्क बुझाएका छन् ।

काठमाडौं जिल्ला समितिको आह्वानमा प्रदर्शन गर्न पुगेकाहरुले दोहोर कर अन्त्य गर्न पनि माग गरे ।

उपमेयर खड्गीले भने मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम नसकिएकाले धुवाँधुलो नियन्त्रण गर्न नसकिएको बताइन् ।

उनले धुवाँधुलो नियन्त्रण गर्न सडक विभागलाई पनि झक्झक्याउन सुझाव दिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework