लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेविसंघले भन्यो–‘माइतीघर र क्याम्पसअगाडि विरोध गर्न पाउनुपर्छ’

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख ४ । नेपाल विद्यार्थी संघले सरकारले आन्दोलन गर्न पाउने जनताको अधिकार खोसेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रशासनले जथाभावीरुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्न नपाउने भन्दै आन्दोलन गर्ने ठाउँ तोकेपछि संघसम्बद्ध विद्यार्थीहरुले विरोध जनाउँदै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले माइतीघरमन्डला र क्याम्पसअगाडि विरोध प्रदर्शन गर्न पाउनुपर्ने जिकिर गरे ।

ज्ञापनपत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी शर्माले सर्वसाधारणको बोल्न र हिँड्न पाउने अधिकार नखोसेको तर व्यवस्थितरुपमा आन्दोलन र विरोध प्रदर्शनको व्यवस्था मिलाइएको तर्क गरे ।

आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी संघको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework