लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कार्दासियनको गहना लुट्ने १६ जना आरोपित पक्राउ

सोमबार, २५ पुष, २०७३ मा प्रकाशित, 4372 पटक हेरिएको

पेरिस (फ्रान्स), पुस २५ । अमेरिकी ‘टीभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोजित १६ जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उनीसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो ।

अक्टोबरमा अमेरिकी ‘टीभी स्टार’ कार्दासियन पेरिसमा भएको भेषभूषा प्रदर्शनी सप्ताहमा सहभागी हुन आएकाबेला सो सामान चोरी भएको थियो । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework