लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

उत्तर कोरियाद्वारा नयाँ क्षमताको रकेट इन्जिन परीक्षण

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित,

सोल, चैत ६ । उत्तर कोरियाले नयाँ क्षमताको रकेट इन्जिन परिक्षण गरेको छ ।

उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परिक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँस्तरमा पुगेको नेता किम जोङ उनले जनाएका छन् ।

नयाँ रकेटले विश्वस्तरको स्याटेलाइट प्रक्षेपणका लागि सहयोग गर्ने नेता किमको भनाई छ ।

अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले चीनको भ्रमण गरेकै समयमा उत्तर कोरियाले रकेट परीक्षण गरेको हो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework