लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जाडोमा बेंसी झारिएका भैंसीगोठ गर्मी बढेसँगै हिमाली क्षेत्रतर्फ सारिदैं

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित, 6395 पटक हेरिएको

लमजुङ, चैत ८ । हिमाली र उच्च पहाडी जिल्लामा जाडोका कारण बेंसी झरेका भैंसी गोठहरु गर्मी बढेसँगै फेरि हिमाली क्षेत्रतर्फ लागेका छन् ।

लमजुङका गाउँबस्ती नजिकैका खेत र डाँडाहरुमा राखिएका भैंसी गोठ लेकतर्फ सारिदैं छ । पशुपालक कृषक आफ्ना बस्तुभाउसहित जाडोमा बेंसी झर्ने र गर्मी लागेपछि लेक उक्लने गर्दछन् ।

बेंसी झरेको गोठ घनपोखराको बेंसी, सिम्पानी, घलेगाउँ, तगैडाँडा, प्रारेखर्कहुँदै माछापुच्छ्रेको फेदी यिङ्खु लेकसम्म लग्ने गरिन्छ । घुम्ती भैंसीगोठबाट घ्यू, पाडापाडी र माउ भैंसी बेच्दा बर्षमा ८ लाखसम्म आम्दानी हुने स्थानीय पशुपालक कृषक बताउँछन् ।

यसैबीच, किसानहरुले भैंसीगोठ सुधारका लागि कार्यक्रम ल्याउन माग गरेका छन् । यससम्बन्धी योजना नहुँदा किसानले घुम्ती भैंसी गोठबाट घ्यू मात्र उत्पादन गर्दै आएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework