लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

घरेलु हतियारसहित चार युवा पक्राउ

बुधबार, २० मंसिर, २०७४ मा प्रकाशित,

नवीनराज कुइँकेल (इमेज): लमजुङ, मंसिर २० । लमजुङ र कास्कीको सिमानामा पर्ने भोर्लेटारबाट घरेलु हतियारसहित चार युवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–७ भोर्लेटारको रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार युवालाई निर्वाचन बिथोल्न जान लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की, रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

सीमा सुरक्षा चेकजाँचकाक्रममा उनीहरु पक्राउ परेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, नेपाली कांग्रेस र वाम गठबन्धनको झन्डा बरामद गरेको छ ।

तनहुँ र कास्कीमा बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै लमजुङ प्रशासनले सीमा सुरक्षा चेकजाँचमा कडाइ गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework