लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एलइडी बल्ब खरिद प्रक्रियामा कारण देखाउन सर्वोच्चको आदेश

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 34072 पटक हेरिएको

काठमाडौं, जेठ ५ । सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

                                                                                    फाइल फोटो

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले शुक्रबार लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत भएको उल्लेख गरी अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाइँले गत बुधबार मुद्दा दायर गरेका थिए ।

नेपाल विद्युत् प्राविधकरणले दुई करोडथान एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत अघि बढाइएको र त्यसलाई रोक्नका लागि अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework