लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

भानुजयन्तीमा राष्ट्रकवि–वाङ्मय शताब्दी पुरुषका निवाससम्म साहित्यिक दौड हुने

आइतबार, २५ आषाढ, २०७४ मा प्रकाशित, 1273 पटक हेरिएको

काठमाडौं, असार २५ । भानु प्रतिष्ठानले यसवर्षको भानुजयन्तीमा साहित्यकार र संस्कृतिकर्मी गीताकेशरी र डा.जगमान गुरुङलाई रथारोहण गराउने भएको छ ।

प्रतिष्ठानका तर्फबाट यसवर्ष विशेष आकर्षणका रुपमा साहित्यकार लक्ष्मण सापकोटालाई यही असार २८ गते राष्ट्रकवि माधव घिमिरेको निवास लैनचौर, काठमाडौंदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवास बखुंबहाल, ललितपुरसम्म भानुको पहिरनमा साहित्यिक दौड गराउने, असार ३० गते भानु संगीत लहरी र असार ३१ गते विशेष कविगोष्ठी कार्यक्रम राखेको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिए ।

प्रतिष्ठानले नेपाली जनकल्याण समिति कोलकाता र असम साहित्य सभाका पदाधिकारीलाई पनि भानुजयन्तीका अवसरमा निमन्त्रणा गरेको छ ।

समितिले १८ वर्षदेखि कोलकातामा भानुजयन्तीका साथ ‘बिहानी’ साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ ।

समितिका अध्यक्ष बद्रीविक्रम थापा, सचिव रामबहादुर थापा र नृत्यनिर्देशक दिलीप थापाले भानुजयन्तीका कार्यक्रममा सहभागिता जनाउने समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework