लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

जन्तरेको ‘पालामकी राजकुमारी’मा परदेशीको पीडा

शनिबार, ३१ आषाढ, २०७४ मा प्रकाशित,

काठमाडौं, असार ३१ । मलेसियामा कार्यरत तेह्रथुमका कवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम कविताकृति ‘पालामकी राजकुमारी’ बजारमा ल्याएका छन् ।

सो कृतिको साहित्यकार वैरागी काइँला, प्राज्ञ अमर गिरी र शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतले शुक्रबार (हिजो) विमोचन गरे ।

सो अवसरमा काइँलाले परम्परागत र मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिको प्रभाव परिरहेका बेला जन्तरेले सांस्कृतिक सम्पदालाई महत्वका साथ आफ्ना कवितामा समेटेको बताए ।

प्राज्ञ गिरीले सांस्कृतिक चेतनाले राष्ट्रियता मजबुद हुने उल्लेख गर्दै कविहरूले जीवन र जगत्को बोध गर्नुपर्नेमा जोड दिए । प्राज्ञ लुमुम्बूले कृति मुन्धुमी भावभूमिमा आधारित रहेर रचिएको बताए ।

साहित्यकार टंक भट्टराई, नियात्राकार तथा कवि जय छाङ्छा र कवि चन्द्र रानाहँछाले जन्तरेका कवितामा परदेशी पीडा, स्वदेशप्रेम र स्व–संस्कृतिप्रतिको प्रगाढ आस्था प्रतिबिम्बित भएको टिप्पणी गरे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework