लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

महाकाव्य ‘रापती’ सार्वजनिक

शुक्रबार, ३० आषाढ, २०७४ मा प्रकाशित, 1345 पटक हेरिएको

काठमाडौं, असार ३० । कवि नीलमकुमार न्यौपानेद्वारा लिखित महाकाव्य ‘रापती’ शुक्रबार (आज) सार्वजनिक भयो ।

राप्तीका विकट जिल्लामा आधारित सो कृतिमा पश्चिम नेपालको प्राकृतिक सम्पदा, सामाजिक तथा भौगोलिक परिवेशका साथै ऐतिहासिक पक्ष समेटिएको छ ।

मिडिया स्कूलद्वारा आयोजित लोकार्पण कार्यक्रममा लेखककी आमा भैरवी र प्रकाशक संगीता न्यौपानेकी आमा सावित्री ढुंगेलले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन् ।

पेशाले निजामती कर्मचारी न्यौपानेको यो १४ औं कृति हो । कवि रमेश खकुरेल, समीक्षक ज्ञाननिष्ठ ज्ञवाली, सुरेश सत्याल, पं.चेतोनाथ शर्मा र पेक्षा लम्सालले कृतिमाथि चर्चा गरेका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework