लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

साझा बचाउन हरसम्भव प्रयास गर्छु : प्रधानमन्त्री

बुधबार, १३ पुष, २०७३ मा प्रकाशित, 3101 पटक हेरिएको

काठमाडौं, पुस १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा प्रकाशनलाई बचाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साझा प्रकाशनले बुधबार पुल्चोकस्थित साझा परिसरमा गरेको साझा सम्मानमा उनले साझा प्रकाशनका लागि आफूले ४० करोड रुपैयाँ अनुदान दिन चाहेको भएपनि विभिन्न कारणले ३० करोडमात्रै दिलाउन सकेको बताए ।

मन्त्रिपरिषदको बैठकले केही दिनअघि १४ करोड रुपैयाँ जनक शिक्षा सामग्री केन्द्रलाई दिनुपर्ने शर्तसहित साझालाई ३० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

कार्यक्रममा सहभागी अरु वक्ताहरुले साझालाई बचाउन ‘साझाबाट जनक शिक्षा सामग्रीले खोसेको’ छपाइको काम पुनः साझालाई नै दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली साहित्यका शिखर व्यक्तित्वहरु माधव घिमिरे, सत्यमोहन जोशी र मदनमणि दीक्षितलाई जनही २५ हजार एक सय एक रुपैयाँ राशीसहित अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा साहित्यकार निनु चापागाइँको ‘पूर्ववाद र सइदेली विचार’ र प्रा.डा. ताराकान्त पाण्डेयको ‘मार्क्सवाद, संस्कृति अध्याय र साहित्यको समाजशास्त्र’ पुस्तकको लोकार्पण पनि गरिएको थियो ।

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.