लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘आँखामा जापान : मनमा नेपाल’ विमोचित

शुक्रबार, १४ माघ, २०७३ मा प्रकाशित, 1451 पटक हेरिएको

काठमाडौं, माघ १४ । कवि शम्भुकुमार मिलनको यात्राकाव्य ‘आँखामा जापान : मनमा नेपाल’ शुक्रबार राजधानीमा लोकार्पण गरिएको छ ।

सन्चारमन्त्री राम कार्कीले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा सन्चारमन्त्री कार्कीले सर्जकहरुलाई मरोपरान्त होइन, जिउँदोमै सम्मान गर्ने परिपार्टी बसाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले कविता हृदयलाई छुनेखालको हुनुपर्नेमा जोड दिँदै कवि शम्भुकुमारको यात्राकाव्य पठनीय भएको बताए ।

६ ओटा सर्गहरुमा विभक्त यात्राकाव्यमा कविको जापान यात्राको सन्दर्भ र अनुभूतिलाई पद्यात्मक अभिव्यक्तिमा उतारिएको छ । दृष्टिविहीन कवि शम्भुकुमारको यो नवौं कृति हो ।

गीतिसंग्रहहरु सौगात, अस्तित्व र कवितासंग्रह यात्रा, धोको, जिजीविषालगायतका कवि शम्भुकुमारका आठओटा कृतिहरु बजारमा आइसकेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework