लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

‘मनको शल्यक्रिया’ विमोचित

शनिबार, १६ बैशाख, २०७४ मा प्रकाशित, 2044 पटक हेरिएको

काठमाडौं, वैशाख १६ । गजलकार विपिन मर्मको गजलसंग्रह ‘मनको शल्यक्रिया’ सार्वजनिक भएको छ ।

शनिबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गीतकार डा. कृष्णहरि बरालले उक्त गजलसंग्रहको विमोचन गरेका हुन् ।

डा. कृष्णहरि बरालले ‘विपिन मर्मको गजलसंग्रहका गजलहरुले प्रेम, वियोग, समसामयिकता, देशप्रेम, प्रकृतिप्रेमलगायतका विविध पक्षहरु उत्कृष्ट ढंगले प्रस्तुत् गरी पुस्तकलाई गहकिलो स्वरुप दिन सफल भएको’ बताए ।

सो गजलसंग्रहको गजलकार पोष्टराज चापागाइँले समीक्षा गरेका थिए ।

हातेमालो साहित्य संगमले आयोजना गरेको कार्यक्रममा कवि तथा मुक्तककार रमेश पौडेल एवं संगीतकला पत्रकार संघका अध्यक्ष सुमन पण्डितले कृतिकोबारेमा प्रकाश पारेका थिए ।

गजल सन्ध्या, पोखराको प्रकाशनमा रहेको ‘मनको शल्यक्रिया’भित्र १०१ ओटा गजलहरू समाविष्ट छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework