लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’को स्थापना

आइतबार, १ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज १ । नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, स्रष्टा पुष्पा खनालले आफ्नी ममतामयी आमाको स्मृतिमा ‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’को स्थापना गरेकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित नेपाल स्रष्टा समाजको १०औं वार्षिक साधारण सभाको विशेष साहित्यिक कार्यक्रममा सो सम्मानको घोषणा गरिएको हो ।

वि.सं. २०७५ सालबाट प्रदान गरिने सो सम्मानको राशी १० हजार १११ रुपैयाँ रहेको छ । सामाजिक चिन्तन र आध्यात्मिकतालाई भावभूमि बनाएर नेपाली साहित्यको सिर्जना गरी देशको सेवा गर्ने मोफसलका उत्कृष्ट नारी स्रष्टालाई यो सम्मान प्रदान गरिनेछ ।

स्रष्टा खनालकी ममतामयी आमा दमन्ताको गत माघ २६ गते ८१ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो ।

कार्यक्रमका प्रमृख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सरकारले स्रष्टाहरूको सम्मान गर्नुपर्नेमा स्रष्टाले स्रष्टालाई नै सम्मान गर्ने कामको थालनी गरेर उत्कृष्ट कार्यको थालनी गरेकोमा खुशी व्यक्ति गरे ।

स्रष्टा खनालले आमाको प्रेरणाले नै आफू साहित्य क्षेत्रमा लागेको बताउँदै आमाको सम्मानका लागि दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गरेको बताइन् ।

नेपाल रेडक्रस सोसाइटीमा कार्यरत स्रष्टा खनाल नेपाल स्रष्टा समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, शंकर लामिछाने प्रतिष्ठान, नेपाल साहित्यिक पत्रकार संघलगायत विभिन्न सामाजिक र साहित्यिक संघसंसथामा आवद्ध छिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework