लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नोबेल साहित्य पुरस्कार इसिगुरोलाई

बिहीबार, १९ असोज, २०७४ मा प्रकाशित,

स्टकहोम (स्वीडेन), असोज १९ । जापानीमुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनोट गर्ने स्वीडीस एकेडेमीले बिहीबार जनाएको छ ।

पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ ।

सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालीन लेखन सुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, समय र स्वैरकल्पनासम्बन्धित विषयवस्तु रहने गरेको पाइन्छ ।

पुरस्कार छनोट समितिकाअनुसार इसिगुरोका लेखनमा शान्त अभिव्यक्ति तथा सांगीतिक प्रभाव रहेको पाइन्छ ।

सन् १९५४ को नोभेम्बर ८ मा जापानको नागासाकी सहरमा जन्मेका इसिगुरो पाँच वर्षको उमेरमा परिवारसहित बेलायत गएका थिए ।

उनले अंग्रेजी तथा दर्शनशास्त्रमा केन्ट विश्वविद्यालयबाट स्नातक गरेका छन् ।

उनका सबैभन्दा चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मि गो’मा आधारित रहेर चलचित्र बनाइएका छन् ।

६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा अत्यन्तै खुसी बनेकोे बताए । उनले जम्मा ८ ओटा पुस्तक लेखेका छन् ।

इस्ट एङलिया विश्वविद्यालयमा सिर्जनात्मक लेखनको अध्ययन गरेका उनले ११ लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् । रासस/सिन्ह्वा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework