लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेपाली साहित्यमा लेखनाथ पौड्यालको योगदान महत्वपूर्ण : राष्ट्रकवि

शनिबार, १५ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस १५ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा साहित्यको विकासमा कवि शिरोमणि लेखनाथ पौड्यालको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली शिक्षा परिषद्ले कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित ‘लेखनाथ प्रतिभा पुरस्कार प्रदान समारोह’मा उनले कवि पौड्यालका बारेमा जति व्याख्या गरेपनि कमै हुने बताए । ‘तत्कालीन संस्कृतिका बारेमा आमजनतालाई साहित्यमार्फत चिनाउने व्यक्ति पौड्याल हुनुहुन्छ’, उनले भने ।

पशुपति बहुमुखी क्याम्पसका प्रमुख प्रयागराज वशिष्ठले नेपाली कविता क्षेत्रमा कवि शिरोमणी पौड्यालको महत्वपूर्ण योगदान रहेको बताए ।

पौड्यालको १९४१ पुुस १५ गते कास्कीको अर्घौं अर्चलेमा जन्म भएर २०२२ सालमा निधन भएको थियो ।

लेखनाथ प्रतिभा पुरस्कार सुवेदीलाई

सो अवसरमा नेपाली शिक्षा परिषद्ले हरेक वर्ष प्रदान गर्ने लेखनाथ प्रतिभा पुरस्कार लक्ष्मी सुवेदीलाई प्रदान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा उच्च अंक ल्याएर स्नातकोत्तरमा प्रथम स्थान हासिल गरेको भन्दै सुवेदीलाई रु १५ हजार एक नगदसहित सम्मान गरिएको हो ।

उनले २०७१ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको पशुपति बहुमुखी क्याम्पसबाट ६८ प्रतिशत ल्याएर प्रथम भएका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework