लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘नथिया’ सार्वजनिक

शनिबार, २० माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २० । साहित्यकार सरस्वती प्रतीक्षाको पहिलो उपन्यास ‘नथिया’को शनिबार विमोचन गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच वादी अभियानकर्मी उमा वादीले उपन्यासको विमोचन गरिन् ।

उपन्यास नथियामा वादी समुदायका महिलाले भोगेका समस्यालाई प्रस्तुत् गरिएको छ ।

कार्यक्रममा साहित्यकार नारायण वाग्लेले नथियामा लेखकले वादी समुदायको महिलाकोमात्र नभइ सबै नेपाली महिलाको समस्या समावेश गरेको उल्लेख गरे ।

स्थानीय लवजमै लेखिएका संवादहरु उपन्यासको आकर्षक पक्ष भएको उनको भनाइ छ ।

यस्तै, सूचना आयोगकी सूचना आयुक्त यशोदा तिम्सिनाले उपन्यास नथिया अहिलेसम्मकै उत्कृष्ट उपन्यास रहेको टिप्पणी गरिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework