लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मानार्थ दर्जा दिएकामा खुसी छु : राष्ट्रकवि घिमिरे

शनिबार, २७ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २७ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुसी व्यक्त गरेका छन् ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो ।

लैनचौरस्थित निवासमा रासससँग कुरा गर्दै उनले देशमा अनुशासन रहेको एकमात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

उनले भने–‘मुलुकमा शान्ति र स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका खेलेको छ । मलाई दिन लागिएको दर्जाप्रति मलाई सन्तोष लागेको छ ।’ सेनाले एक समारोह गरी सो दर्जा प्रदान गर्नेछ ।

यसैबीच, राष्ट्रकवि घिमिरेको बहुप्रतिक्षित ‘ऋतम्भरा’ महाकाव्य साझा प्रकाशनले प्रकाशन गर्ने भएको छ ।

सो प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो कृति प्रकाशनका लागि सम्झौता भएको बताउँदै पुल्चोकस्थित साझा प्रकाशनमा पुनःनिर्माण हुन लागेको भवनमा एक ‘राष्ट्रकवि हल’ बनाउने जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework